सुर्खेत । लक्ष्मी बैंकको शाखा सुर्खेतको छिञ्चुमा सञ्चालनमा आएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामकरूपमा सेवाविस्तार गर्दै आएको छ ।
शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकहरूलाई अझ सशक्त पार्ने नीति लिएको र त्यहीअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।