काठमाडौं । मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले दोहोर्याएका छन् ।
मन्त्रिमण्डल पुनर्गठनका विषयमा दाहालको नाम जोडेर पत्रपत्रिकामा समाचार प्रकाशित भएको प्रति असन्तुष्टि व्यक्त गर्दै दाहालको सचिवालयले त्यसको अखण्डन गेको छ ।
सचिवालयले भनेको छ “दाहालले मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको क्षेत्राधिकारमा पर्ने कुरा बारम्बार बताउँदै आएपनि पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी दुश्प्रचार गरिएको र त्यसको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ ।”























