काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन ‘राष्ट्रिय युवा सङ्घ, नेपाल’ले एकता प्रक्रियालाई पूर्णता दिएको छ । सङ्घको कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले बताएका छन् ।
संयोजक सापकोटाका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) रहेका छन् । पार्टी एकतापछि जनवर्गीय सङ्गठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउने सङ्घ पहिलो सङ्गठन भएको बताइएको छ ।
जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुङ्ग्याउने बताइएको छ । सङ्घको ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । बैठकले आगामी शनिबार काठमाडौँमा केन्द्रीय समितिको शपथग्रहण तथा केन्द्रीय कमिटी बैठक र मङ्सिर १ गते राष्ट्रिय भेला राखिएको बताइएको छ ।
यस्ता छन् संयोजक र सहसंयोजक



























