नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बसिरहको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने बताइएको छ ।
सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठक बस्ने र प्रदेश प्रमुखहरुको नियुक्तिको तयारी गरिएको एक नेताले जानकारी दिनुभएको छ ।
प्रदेश प्रमुखहरुको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । तत्कालिन कांग्रेसको सरकार भएको बेलामा प्रदेश प्रमुखहरु नियुक्त भएका थिए ।