प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको छ । प्रधानमन्त्रीले बोलाएको बैठक आइतबार १२ बजे पछि सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि मन्त्रीहरुलाई जानकारी गराउने प्रधानमन्त्री निकट स्रोतले बताएको छ।
मन्त्रिपरिषद् बैठकपछि नेकपाको सचिवालय बैठक बस्नेछ।
आउँदो १४ मंसीरमा हुने उपनिर्वाचनको लागि नेकपाको तर्फबाट उम्मेदवारहरुको टुंगो लगाउने सचिवालय बैठकको कार्यसूचीमा छ।