सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारको सिफासिरमा नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको हो । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रमुख सिफारिस गरेको थियो ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिश गरेको थियो । देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको सिफारिसका आधारमा प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वर लाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला, गण्डकी ४ नम्बर प्रदेशको प्रमुखमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा, कर्णाली ६ नम्बर प्रदेशको प्रमुखमा दूर्गा केशर खनाल र सुदूरपश्चिम ७ नम्बर प्रदेशको प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरिएको थियो ।