काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा संम्बोधन गर्नुहुने भएको छ । संघीय संसदको आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो । संसदमा सम्बोधनका लागि प्रधानमन्त्री ओली दिउँसो साढै २ बजे संसद भवन पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले मार्गदर्शनलाई जानकारी दिनुभएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बोल्ने संयोजक अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले सरकारले गरिरहेका काम कारबाही, समसामयिक घटनाक्रम र सांसदले राखेको जिज्ञसाको पनि जवाफ दिनु बताईएको छ ।

























