मानिस सर्वोकृष्ट चेतनशील प्राणी हो, जसले आफ्नो वौद्धिकता प्रर्दशन गरी समाज, देश र विश्वलाई नेतृत्व गर्न सक्छ । तर आज त्यती मानिस मानवीय संवेदनशीलता र विवेक गुमाएर एउटा जनावरको जस्तो स्वभाव र व्यवहार प्रदर्शन गरिरहेको छ । मानिसको संवेदना र भावनामा चोट पु¥र्याएर आत्मारतीमा रमाउन थालेका छौ । मानिस जन्मिन्छ र मर्छ यो जीन्दगीको एकमात्र सत्य हो, कोही पनि अमर र अजर हुदैन तर उसले देश र जनताको लागि गरेको योगदान अमर रहन्छ, उ कहिल्यै मर्दैन हामीले कमाउने भनेको त्यही हो । आफ्नो कर्म, व्यवहार, शालीनता र ईमानदारीताले मानिसलाई महान बनाउने हो । “ओशोले भनेका छन् मानिस मृत्यु प्रति सचेत हुनुपर्छ, बुझ्नुपर्छ र मृत्युसँग कहिल्यै डराउनु हुँदैन यस बाट भाग्न पनि सकिदैँन” । मानिस जन्मदै अस्तित्वमा ल्याएको कुरो हो मृत्यु त्यसैले यसवारेमा टिका टिप्पणी गर्नु मानवीय संवेदनशीलता र विवेक गुमाउनु हो ।
१४ बर्षको कठोर जेल जीवन यातना भोगेर मृत्युको मुखबाट बचेर देश र जनताको पक्षमा लडिरहेको व्यक्ती हुन केपी ओली माओवादीको जनयुद्धको बेला नेपाली जनतालाई सधैँ उत्साह र निरास नबन्न उत्प्रेरणा प्रदान गर्ने र हत्या हिंसा विरुद्ध र सत्यको पक्षमा वकालत गर्ने व्यक्ती हुन केपी ओली ।
नेपालको संविधान २०७२ बनाउन महत्वपूर्ण भुमीका खेलेर जसका कारण आज मुलुक संघीय संरचनामा गई मुलुकलाई एउटा नयाँ दिशा प्रदान गर्ने व्यक्ति हुन केपी ओली । नेपालको संविधान २०७२ जारी भएपछि गणतान्त्र नेपालको पहिलो प्रधानमन्त्री हुन केपी ओली जसले भारतले लगाएको नाकाबन्दीमा नझुकी देश र जनताका लागि अहोरात्र खट्ने स्वाभीमानी र राष्ट्रवादी नेता हुन केपी ओली । २०७४ सालको निर्वाचनमा केपी ओलीलाई प्रधानमन्त्री बनाउँनको लागि नेपाली जनताले दिएको जनमत हो, नेपाली जनताको आशा र भरोसाको केन्द्रविन्दु हुन केपी ओली ।
समृद्ध मुलुक सुखी नेपालीको नारा दिएर नेपाली जनताको जीवनस्तर उकास्दै एउटा समृद्ध मुलुक बनाउँन हिड्नु भएको व्यक्ति हुन केपी ओली, जसको कारण आज मुलुकले एउटा विकासको मार्गचित्र तय गरेर अगाडी बढिसकेको छ, मुलुकले आर्थिक विकास र समृद्धिको बाटो तय गरिसकेको छ, र परिणाम आउन थालिसकेको छ ।
छिमेकी मुलुक भारत र चीन मात्रै होइन अन्य शक्तीशाली राष्ट्र र अन्य सवै राष्ट्रहरु सँग सुमधुर सम्बन्ध कायम गर्न सफल प्रधानमन्त्री हुन केपी ओली । आज छिमेकी राष्ट्रहरु समान हैसीयतको व्यवहार प्रर्दशन गर्न थालेका छन् । योे नेपाल र नेपालीको लागि गौरवको विषय हो ।
माओवादी पार्टीसँग एकिकरण गरी एउटा बलियो र शक्तीशाली कम्युनिष्ट पार्टी बनाएर दक्षिण एसियामा एउटा उदाहरण प्रस्तुत गर्नु भएको नेता हुन केपी ओली त्यहि शक्तीशाली पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै हुन् केपी ओली । यो सानो दिमाग र संकिर्ण सोचको मानिसले गर्न सक्ने बिषय होईन, केपी ओली एउटा दुरदर्शी, भिजनरी, फराकिलो र सकारात्मक सोच भएको व्यक्ती हुन् केपी ओली आज मुलुकले यस्तो राजनेता न हिजो पाएको थियो न भोली पाउने छ । त्यस कारण केपी ओली देश र नेपालको लागि हामी सवैको आयु उहाँलाई थपियोस हामी यही कामना गर्दछौँ । यो सवै नेपालीको चाहना हो र हुनुपर्छ ।
सम्माननीय प्रधानमन्त्री उपचारार्थ सिंगापुरमा हुनुहुन्छ । उहाँको विषयमा अर्नगर्ल र भ्रामक समाचारको खेती गरेर आत्मारतीमा रमाउने दुषित र घृणित मानिसका लागि यती मात्र भन्न सकिन्छ कि तिमीहरु पृथ्वीका भार हौ । मानिस भएर हिड्न दुष्प्रयास नगरे हुन्छ , होईन भने मानिस चेतनशील र विवेकशील प्राणी हो, यसको मुल्य, मान्यता र धर्म निभाउँन जान्नुपर्छ ।
समयको माग सँगै आइटीमा आएको परिवर्तनले समाजलाई सभ्य बनाउनमा महत्वपूर्ण भुमीका खेल्नु पर्नेमा समाजलाई विकृती र विसंगती तिर डो¥याउँनु राम्रो संकेत होईन । अहिले सामाजिक सञ्जालहरु फेसवुक, युट्यूव च्यानलहरुमा देखिएको नकारात्मक र विकृत रुपले नेपाली समाज बर्वादी तिर जादैछ र मानवीय संवेदनशीलता र विवेकहिनताको अवस्था आउँदैछ । यसले निकट भविष्यमा विकराल रुप लिनेमा कुनै शंका छैन । त्यसैले यसको नियन्त्रण र नियमन सरकारले चाँडो भन्दा चाँडो गर्न जरुरी छ । सामाजिक सञ्जालको सहि प्रयोग गरेर सकारात्मक र रचनात्मक टिका–टिप्पणी गरेर मानिसले आफ्नो वौद्धिकता प्रदर्शन गर्ने माध्यम हुनुपर्नेमा चरित्रहत्या, गाली गलोज र अश्लील शब्दहरु प्रयोग हुनु दुर्भाग्य हो । यसले हाम्रो समाज र भावी पिडीलाई विकृत र नकारात्मक लतमा फसाउने निश्चित छ । यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।