काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निश्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा कार्यबिभाजन र नेताहरुको जिम्मेवारीमा सहमति जुटन नसकेपछि पन्ध्र दिनपछि बस्ने गरी बैठक स्थगित भएको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा नेताहरुको रुचीसमेत सोधेर कार्यबिभाजनको ब्यवस्थित प्रस्ताव ल्याउने निर्णयसहित साउन २८ गतेसम्मका लागि स्थगित गरिएको बताउनुभयो। प्रवक्ता श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, निकाय, विभाग, जनसंगठनलगायत विषयमा सबैको भावना बुझ्न र निर्णय गर्न बैठक स्थगित गरिएको हो ।
























