काठमाडौ, सरकारद्धारा विभिन्न देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।
सोमबार संसदीय सुनुवाई समितिको बैठकबाट विभिन्न देशका लागि प्रस्तावित चार राजदूतको नाम समितिले अनुमोदन गरेको हो । सुनुवाईका क्रममा अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस महेशराज दाहाललाई सांसदहरूले ग्रिनकार्ड होल्डरबारे विभिन्न प्रश्न गरेका थिए ।
समितिले बंगलादेशका लागि प्रस्तावित राजदुत डा. बंशीधर मिश्र, कतारका लागि प्रस्तावित राजदुत नारद भारद्वाज, असट्रलियाका लागि महेशराज दाहाल । स्पेनका लागि राजदुत दावाफुटी शेर्पाको नाम अनुमोदन गरेको सममिति सभापति लक्ष्मण लाल कर्णले जानकारी दिनुभयो । समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।