काठमाडौं,पार्टीको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलिय जनबाद राख्ने कि नराख्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विवाद देखिएको छ । शनिबारको छलफलमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले जबज राख्नुपर्ने प्रस्ताव गरेका हुन् ।
सोही विषयमा छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निकट स्थायी समिति सदस्यलाई आइतबार खुमलटार निवास बोलाएर छलफल गरेका छन् ।
























