काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयलाई विवादमा तान्नु खोजिएको बताएका छन् ।
शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिको भनाईलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास हो ।’ उनले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुलाई अन्तर्राष्ट्रिय अभ्यास भएको समेत बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित भएको र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको हो ।’
‘राष्ट्रपतिले कसको सरकार भन्ने त ?’ प्रधानमन्त्रीले सम्पादकहरुसँग प्रश्न गरे, ‘यो सरकारको नीति कार्यक्रमभन्दा खेरी अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने ?’
प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तर्राष्ट्रिय अभ्यासको विरोध गर्नु भनेकोे आफैले स्थापना गरेको प्रणालीको उपहास गरेको ठहरिने बताए । प्रधानमन्त्री ओलीले भने, ‘मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तर्राष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जामानामा हामी पुग्यौँ भनेको वा हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौँ कि आफूले स्थापना गरेको प्रणाली र राष्ट्रप्रमुखको गरिमा चित्त नबुझेको हो ?’ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको विषयमा चौतर्फी विरोध भएको थियो ।
प्रधानमन्त्री ओलीले बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा पुर्याउने सवैको फेहरिस्त सावजनिक गर्ने घोषणा पनि पत्रकारसामु गर्नुभयो । बालुवाटारदेखि देशभरका सार्वजनिक जग्गा हडप्नेबिरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको भन्दै कसैसँग कुनै संझौता नहुने उहाँको भनाई थियो ।उहाँले कहिले कुन सरकारको पालामा सरकारी जग्गा ब्यक्तिको नाममा गरियो भन्ने फेहरिस्त नै सार्वजनिक गर्ने जानकारी दिनुभयो । ‘सवै कुरा अहिले नै नभनौं, म यति मात्रै भन्छु, कुन सरकारको पालामा कस्ले कसरी सार्वजनिक सम्पत्ति ब्यक्तिको नाममा ल्याउने काम गर्यो ? त्यस्को फेहरिस्त नै सार्वजनिक हुन्छ, राष्ट्रको सम्पत्ति फिर्ता ल्याइन्छ, यस्मा म कुनै संझौता गर्दिन, कसलाई नाफा हुन्छ रु कसलाई घाटा हुन्छ केही हेर्दिन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
सञ्चारकर्मीसँग नीति तथा कार्यक्रमका बारेमा उठेका जिज्ञासाका बारेमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो,–‘म मेरो देश भन्छु, ‘मैले मेरो देश भन्दा तपाईको होइन भनेको हो र ? मेरो राष्टिय गान, मेरो राष्ट्रिय गौरब भन्छु, मेरो संबिधान भन्छु, मैले बनाएको मेरो मात्र हो ? त्यसैले यसलाई बृहत र सामुहिक अर्थमा बुझने प्रयत्न गरौ ।’