काठमाडौं, पश्चिमी र स्थानीय वायुको प्रभावले आज शनिबार बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताए ।
पूर्वमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको बताइएको छ । उक्त प्रणाली क्रमशः विकसित भई आगामी सोमबारसम्म कायम रहने मौसमविद् पोखरेलले बताए ।