आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ । घटनाबाट ३० जना बढिको मृत्यु भइसकेको छ भने ४० सयभन्दा बढी घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
बेलुकी अकस्मात आएको भीषण हावाहुरीले पुर्याएको क्षतीको उद्दार कार्यमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
आइतबार घटना लगत्तै ट्वीट गर्दै प्रधानमन्त्री आलीले दुःख व्यक्त गरेका छन् । यस्तै उद्दारका लागि जुट्न सुरक्षाकर्मी, नेता कार्यकर्ता र सर्वसाधारणलाई निर्देशन दिएका छन् ।