कप्तान पारस खड्काकाे शतकप्रेरित नेपालले सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ४ विकेटको विजय हासिल गरेको छ । जितसँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ ।
फितलो ब्याटिङका कारण पहिलो खेल ३ विकेट गुमाए पनि नेपालले बाँकी दुई खेलमा उत्कृष्ट पूनरागमन गरेको थियो । दोस्रो खेल १ सय ४५ रनले जितेको नेपालले अन्तिम तथा निर्णायक खेलमा ४ विकेटको विजय हासिल गरेको हो ।