अमेरिकाले भेनेजुयलामा हस्तक्षेप गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिज्ञप्ती निकालेपछि विवाद भएको हो ।पार्टीभित्र छलफल नै नगरी अमेरिकाको विरोध गरेर बिज्ञप्ती निकालिएकोमा पार्टीभित्रै धेरैले असन्तुष्टि व्यक्त गरेका छन् । यसले अमेरिका चिढिने र टाढाको कुटनीतिक सम्बन्ध भएको भेनेजुयलाको बारेमा अमेरिकाको विरोध गर्नुलाई कुटनीतिक क्षेत्रले पनि अनौठो मानेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमणबाट फर्किएको एक महिनामै यसरी नेकपाले अमेरिकाविरुद्ध बक्तव्य दिएको छ ।
यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विस्तृत थाहा नभएको बताएपछि यसले नेकपाभित्र विवाद रहेको प्रष्ट संकेत गर्छ । स्वीजरल्याण्ड भ्रमणबाट फर्किएपछि उनले विमानस्थलमा यसबारे भने–
मैले सुनेको छु अलिकति । तर, म भर्खर आइपुगेको छु त्यसकारण, मिडियामा अस्ति मेरो फोटोसमेतै अलिअगाडि जीप दुर्घटनामा संखुवासभामा निधन भन्ने तपाईहरुले पढ्नुभो होला । यस्ता देशमा राम्ररी नबुझिकन, नपढिकन प्रतिक्रिया दिनु वाञ्छनीय होलाजस्तो मलाई लाग्दैन ।’
ओलीको भनाईले यस विषयमा उनीसँग सल्लाह नगरिएको प्रष्ट हुन्छ ।