प्रधानमन्त्री  केपी शर्मा ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृतिभएको उल्लेख गर्नुभएको छ ।

योमरी पुन्हि (ज्यापु दिवस)का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । योमरी पुन्हिलाई राज्यले पनि उच्च महत्व दिँदै चौध वर्षअघि ज्यापु दिवसको घोषणा गरेको हो । नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक देश भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विविध जातिका विविध संस्कृतिले नेपालीलाई एकताको सूत्रमा बाँधेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ज्यापु संस्कृति विकास कोषले नेपालका मौलिक चाडपर्व र जात्रा मनाउँदै वेषभूषा, बाजागाजा, रीतिरिवाजलगायत सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनका काम गरेकामा प्रशंसा गर्नुभएको छ ।