नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज पनि बस्दैछ । केही दिनदेखि जारी बैठकमा नेताहरुले राजनीतिक प्रतिवेदनमाथि रहेर आफ्नो धारणा प्रस्तुत गरिरहेका छन् ।जारी नेकपा स्थायी कमिटीको बैठकमा नेकपाका स्थायी समिती सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् हेरफेरको माग गरेका हुन् ।
सरकारमा गतिशिलता देखा परेन । प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर मन्त्री हेरफेर गर्नुपर्यो, उनले माग गरे । स्थायी कमिटी सदस्य रघुजी पन्तले नेकपामा क्षमतावान मान्छेहरूको अभाव नभएकाले काम गर्न नसक्ने र विवादित मान्छेलाई सरकारबाट हटाउनुपर्ने माग गरे। ‘सरकारले काम गर्न सकिरहेको छैन, प्रधानमन्त्रीले मुल्यांकन गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘काम ग र्न नसक्ने मान्छेलाई हटाउँदा केही फरक नपर्ने उनले बताए ।
नेकपाको आजको बैठकमा पन्त सहित भिम आचार्य, रघुवीर महासेठ, वर्षमान पुन, डा. पुष्प कँडेल, लेखराज भट्ट,देव गुरुङ, सुरेन्द्र पाण्डेलगायतले आफ्नो विचार राखेका छन्।