नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पुनः दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन्।
आगामी मार्च २३ बाट सुरु हुने १२औं सिजनको आइपिएलका लागि दिल्लीले सन्दीपलाई ’रिटेन’ गर्ने भएको हो। सन्दीप आइपिएलमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
दिल्लीले सन्दीपसहित १४ खेलाडीलाई रिटेन गरेको छ। नयाँ खेलाडीको रुपमा शिखर धवनलाई ५ करोड २० लाख भारुमा भित्र्याएको छ। दिल्लीको टिमबाट गौतम गाम्भिर, जासन रोय, ग्लेन म्याक्सवेल जस्ता खेलाडी भने बाहिरिएका छन्। सन्दीप गत सिजन ३२ लाख रुपैयाँमा दिल्लीमा आबद्ध भएका थिए।
गौतम गम्भीर, ग्लेन म्याक्सवेल लगायतलाई छाड्दा दिल्लीले सन्दीपलाई पनि राखेको छ । स्रोतका अनुसार रिटेन गर्ने खेलाडीलाई दिल्लीले एक करोड भारु भन्दा धेरै पारिश्रमिक दिने गर्दछ ।
























