अर्घाखाँची,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज नभए नेपाल नै नरहन सक्ने चेतावनी दिएका छन् ।
कालान्तरमा तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना अनुसार संघीयता लादिएको दाबी गर्दै केसीले नेपालले संघीयता धान्न नसक्ने बताए ।
कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा गरेको सांस्कृतिक सभालाई सम्बोधन गर्दै नेता केसीले नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति अनुसार संघीयता ल्याइएकाले आफ्नो पार्टी विपक्षमा उभिएको बताए ।
एउटा सरकार सञ्चालनका लागि नै बिदेशीसँग हारगुहार गर्नुपर्ने देशमा सातआठ ओटा सरकार नेपाली जनताले थेग्न नसक्ने उनको भनाई छ ।