पाकिस्तानी सहर मिथीमा छिमेकी मुलुक भारतमा झैं गाईवस्तु निस्फिक्री यताउता घुमिरहेका पाइन्छन् । हिन्दुहरुले पवित्र जनावरका रुपमा लिने हिन्दुहरुले रुढीवादी मुस्लिम पाकिस्तानमा पनि धार्मिक सहिष्णुतालाई आत्मसात गरेका छन् । सामान्यतया, पाकिस्तानमा अल्पसंख्यक समुदायहरुले ठूलै विभेदको सामना गर्नु पर्दछ ।
यहाँ, “मुस्लिमले हिन्दूहरुका धार्मिक आस्थालाई सम्मान गरिरहेका छन्,” ७२ वर्षीय शाम दासले बताउनुभयो । “उनीहरुले गौहत्या गर्दैनन्, र टाढा गाई काटिँदो होला तर यहाँको हिन्दू बसोबास क्षेत्रमा त्यस्तो हुँदैन ।”
पाकिस्तानका बाँकी ठाउँजस्तो मिथीमा गाईवस्तु काटिन्न । ती गाईवस्तु यतिकै चरिरहेका हुन्छन्, कहिलेकाहिँ फोहोर पनि खाइरहेको देखिन्छ, र साँझ परेपछि सडक किनारामा त्यतिकै सुतेका भेटिन्छन् ।
कहिलेकाहिँ टुकटुक र मोटरसाइकल यिनै गाईवस्तुका बथानलाई नागबेली बनाउँदै छिचोलेर लैजानु पर्दछ । कहिले त ट्राफिक नै जाम गरिदिन्छन् ।
मिथीमा करिब ६० हजार हिन्दु छन्, र यो आफैंमा अनौठो हो किनभने पाकिस्तानमा करिब ९५ प्रतिशत मुस्लिम समुदाय छन् ।
हिन्दुहरु श्रीकृष्ण मन्दिरमा प्रवेश गर्दा हिन्दुले घण्ट बजाउँछन् । यो आवाज नजिकै बसोबास रहेको मुस्लिम समुदायको अजानसँगै मिसिन्छ । हिन्दु युवाहरु आफ्ना घरबाहिर बेफिक्री गफिएर बसेका हुन्छन्, र उनीहरुका लागि कुनै सुरक्षाको आवश्यकता नै छैन ।
कराँचीमा यही अवस्था देख्न पाइन्न, यहाँको परिस्थिति निकै भिन्न छ । करिब ३०० किलोमिटर टाढाको कराँचीमा हिन्दुहरुको सुरक्षाका लागि सशस्त्र बलको व्यवस्था गरिएको छ ।
कराँचीमा पूजारी काम गर्ने हिन्दु विजय कुमार गिरले सहरका ३६० वटा मन्दिरमध्ये केबल एक दर्जनमात्रमा पूजापाठ हुने गरेको बताउनुभयो । “बाँकी मन्दिर या त बन्द छन् वा उनीहरुको जमिन हडपिएको छ ।”
पाकिस्तानमा बसोबास गर्ने हिन्दुहरुले ज्यादै बढी सामाजिक कलङ्क व्यहोर्नु परेको विवरण प्राप्त भइरहेका छन् । धर्मकै कारण पाकिस्तानी हिन्दुहरुलाई भारत–समर्थकको आरोप लाग्ने गरेको छ, पाकिस्तान मानवअधिकार आयोग (एचआरसीपी) मार्वी सिरमेदले बताउनुभयो ।
“त्यसैले, उनीहरुलाई जहिल्यै पाकिस्तान विरोधीको आशंकाका रुपमा हेर्ने गरिन्छ,” उहाँले भन्नुभयो । भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धका कारण पनि यस्तो आरोप लाग्ने गरेको हो । यी दुई मुलुकबीच सन् १९४७ यता नै तीन पटक युद्ध भइसकेको छ ।
एचआरसीपीले पाकिस्तानी हिन्दुहरुले आफ्नो मुलुकमा असुरक्षित महसुस गरिरहेको बताएको छ । एचआरसीपीको वार्षिक प्रतिवेदनमा भनिएको छ– यदि विभेदजन्य कार्यहरु तत्काल नरोकिए हिन्दुहरुको भारततर्फ आप्रवासन व्यापक रुपमा हुन सक्ने खतरा छ । अस्रफ खान (रासस/एएफपी