काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनको सफलताले नेपालको प्रभाव, प्रतिष्ठा र सामथ्र्य बृद्धिमा ऐतिहासिक भएको बताएका छन् । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले ‘शिखर सम्मेलनको सफलताले नेपालको प्रभाव, प्रतिष्ठा, विश्वनियता र क्षमता बृद्धि गर्न सफल भएको छ ।
प्रधानमन्त्री ओलीले ठूलो अन्तर्राष्ट्रिय सम्मेलनहरु नेपालले व्यस्थित ढंगले गर्न सक्छ पुष्टि भएको बताउँदै सम्मेलनको सफलतासँग नेपालको इज्जत समेत जोडिएको बताए ।
प्रधानमन्त्री ओलीले छोटो समयमा सफलतापूर्वक बिम्स्टेक सम्मेलन सम्पन्न गरेकामा नेपालको सामथ्र्यको पुनर्पुष्टि भएको समेत बताए । चापाचापमा शिखर सम्मेलन आयोजन गरेको भए पनि सम्मेलन निकै फलदायी भएको प्रधानमन्त्री ओलीले बताए ।
उहाँले बिमस्टेक सम्मेलनको दौरानमा भएको सहमतिले अब नेपालले उत्पादन गरेर बचत रहेको विजुली बेच्ने बाटो खुलेको दावी गरेका छन् । बिमस्टेक सम्मेलनमा सहभागि हुन आएका म्यानमार र श्रीलंकाका राष्ट्रपतिको भ्रमणलाई दुइपक्षीय र औपचारिक भ्रमणको रुपमा व्यबहार गरिएको प्रम ओलीले बताए । भदौ १४ र १५ काठमाडौंमा आयोजना गरिएको बिमस्टेकको चौथो सम्मेलनको तयारीबारे प्रधानमन्त्री ओलीले पहिले पनि जानकारी गराएका थिए ।