चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा गोबिन्द केसी र सरकारबीच सहमति भएको छ ।प्रधानमन्त्री कार्यालयमा भएको वार्तापछि सरकार–केसी पक्षबीच ७ बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसीसँग सहमतिका लागि सन्देश पठाएसँगै साढे दुई बजेदेखि प्रधानमन्त्री कार्यालय सिँहदरवारमा वार्ता सुरु भएको थियो।
आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर गरीने छ ।
सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी गराए ।
डाक्टरकेसीलाई भेट्न केसीका पक्षबाट बार्तामा सहभागी टोली सहमतिको ड्राफ बोकेर शिक्षण अस्पताल महारांजगन्ज पुगेको छ ।