नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा पार्टी बिधान र नियमावलीबारे तथा गोविन्द केसीको अनशन र त्यसलाई लिएर भइरहेको आन्दोलनकाबारे छलफल हुने स्रोतले बताएको छ ।
वामदेव गौतम कार्यदलले गरेको सिफारिसमा केही विवाद देखिएको नेताहरुले बताएका छन् । कार्यदलले केन्द्रीय सदस्यलाई गाउँपालिका इञ्चार्ज बनाउने, जिल्ला अध्यक्ष र इञ्चार्जहरु प्रदेश कमिटीमा नराख्ने लगायतका सुझाव दिएको छ ।