भोलिबाट हुने चीनको पाँचदिने औपचारिक भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सार्वभौमिकता र एकतालाई ध्यानमा राखी द्धिपक्षीय सम्वन्ध विस्तार र सुदृढ गरिने बताउनुभएको हो । ‘मेरो भ्रमणका अवसरमा दुइपक्षबीच गरिने सहमति र समझदारी राष्ट्रिय स्वभिमान र सार्वभौमिकतालाई केन्द्रबिन्दुमा राखेर नेपालको आवश्यकता अनुसार हुनेछन्’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, आफू धेरै विकसित नभएको अवस्थामा पनि नेपाललाई राम्रो सहयोग गरेको थियो । म त्यो देशको भ्रमणमा जाँदैछु । प्रधानमन्त्रीले भन्नुभयो,’महामहिम शीसँग मेरो भेटवार्ता हुनेछ । त्यसबेला मैले नेपालका हित र दृष्टिकोण राख्नेछु । नेपाल र चीन सम्वन्ध कसरी सुदृढ गर्न सकिन्छ भनेर राख्नेछु ।’
प्रधानमन्त्रीले भन्नुभयो,‘पारवहन तथा यातायात, क्रमबोर्डर ट्रान्मिसिमन लगायतका समझदारी सम्झौता भएका थिए । ती सम्झौताहरुको कार्यान्वयनवारे र त्यसबेला संयुक्त बक्तब्यमा उल्लेख भएका बिषयमा थप छलफल गर्छौं ।’
चीनले बीआरआई अभियान थालेको र त्यसमा नेपालले हस्ताक्षर नै गरिसकेको भन्दै त्यसमार्फत चिनियाँ विकासका उपलब्धीहरु शेयर गर्ने र कनेक्टिभिटी बढाइने उहाँले बताउनुभयो । ‘बहुपक्षीय हिमालयन कनेक्टिभिटीको फ्रेमवर्कभित्र रहेर काम गर्ने सहमति भएको छ । त्यसमा सबैखालेका कनेक्टिभिटी पर्छन’ उहाँले भन्नुभयो ।
भ्रमणका क्रममा उत्तर–दक्षिणका कोरिडर र नाकाहरु खौल्ने बताउँदै तीनको विस्तार पनि गरिने जानकारी दिनुभयो । चीन र नेपालबीच केही थप कोरिडोरमा समझदारी हुने सम्भावना रहेको बताउनुभयो ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग नेपाल–चीनको द्धिपक्षीय सम्वन्ध बिस्तार र सुदृढ गर्नेवारेमा भेटवार्ता हुने उहाँले बताउनुभयो । ‘यी प्रसंगमा महामहिम राष्ट्रपति सीसँग शिष्टाचार भेटवार्ता हुनेछ, त्यसबेला नेपालका हित र दृष्टिकोण राख्नेछु । नेपाल र चीनका सम्बन्ध सुदृढ गर्ने पक्षलाई राख्नेछु । प्रम ली खछियाङसँग दुइपक्षीय छलफल पनि हुनेछ’ प्रधानमन्त्रीले भन्नुभयो ।
म विश्वास दिलाउन चाहन्छु हामीले चीनका संवेदनशिलता बुझेका छौं, छिमेकीका संवेदनशिलता बुझेका छौं । एक चीन नीतिमा हामी दृढ छौं । नेपालको भूमी प्रयोग गरेर चीनबिरोधी गतिबिधि गर्न दिंदैनौं । छिमेकीका अरु जायज चासोलाई सुन्नेगरेका छौं, ध्यान दिनेगरेका छौैं’ उहाँले भन्नुभयो ।
राष्ट्रपति, प्रधानमन्त्री लगायतका नेताहरुसँगको भेटवार्तामा बीआरआईका पूर्वाधार, रेल, प्रसारण लाइन आदीमा छलफल गर्ने उहाँले जानकारी दिनुभयो । यसक्रममा रेल्वे, उर्जा, पुननिर्माणमा दुईपक्षीय सम्झौता र समझदारीमा हस्ताक्षर हुने प्रधानमन्त्रीले जानकारी दिनुभयो । ‘चिनियाँ लगानी नेपालमा प्रवद्र्धन कसरी गर्न सकिन्छ, पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्नेमा लाग्नेछु । त्यहाँका विजनेश कम्युनिटी, पर्यटन प्रवद्र्धनमा म संलग्न रहनेछ’ ओलीले भन्नुभयो । बेइजिङपछि ल्हासा जाने र त्यहाँका नेताहरुसँग भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो ।