विश्ववकप फुटबलअन्तर्गत समूह सि को खेलमा पोर्चुगल र स्पेन प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे पिट्सवर्ग स्टेडिमयमा इजिप्ट र उरुग्वेबीच हुने छ ।
त्यसैगरी दोस्रो खेल राती ८ः४५ बजे मोरक्को र इरानबीच हुनेछ
एक पटक विश्वकप विजेता स्पेन र उपाधि विहीन पोर्चुगलबीच यो विश्वकपमा आ–आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । रसियाको सोची शहरस्थित फिष्ट रंगशालामा नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा यी दुई टिमबीचको खेल सुरु हुनेछ । आफ्नो पहिलो खेलमा नै जित हात पार्दै अघि बढ्ने लक्ष्यमा दुबै टिम रहेका छन् ।
सन् २०१० को विश्वकप फुटबलमा पोर्चुगल र स्पेनबीच अन्तिम १६ मा भेट भएको थियो । जुन खेलमा पोर्चुगल स्पेनसँग १—० गोल अन्तरले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो । यही विश्वकपको उपाधि स्पेनले जितेको थियो । जुन खेलमा पोर्चुगल स्पेनसँग १—० गोल अन्तरले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो । यही विश्वकपको उपाधि स्पेनले जितेको थियो ।
सन् २०१२ मा युरोकपमा पोर्चुगल र स्पेनबीच सेमिफाइनलको खेलमा भेट भएको थियो । जुन खेलमा स्पेनले पेनाल्टीमा पोर्चुगललाई ४—२ गोलले पराजित गर्दै फाइनल पुगेको थियो । युरो कप २०१२ को उपाधि पनि स्पेनले जितेको थियो । एजेन्सी