नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक शनिबार बस्ने भएको छ । बैठक शनिबार दिउँसो तीन बजे बालुवाटारमा बस्न लागेको हो ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको हो ।
बैठकका लागि चारवटा एजेण्डा तय भएको जनाएको छ । स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्दै हुनुहुन्छ ।
स्थायी समितिको बैठक अघि दिउँसो २ बजे पार्टीको सचिवालय बैठक बस्नेछ ।नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ । उनीहरुलाई आवश्यक सुझाव सहित बैठकमा उपस्थित हुन भनिएको छ ।
पार्टी महासचिव बिष्णु पौडेलले संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्ने, पार्टी सञ्चालन नियमावली पारित गर्ने तयारी भएको छ ।
बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री ओली असार ५ गते पाँचदिने औपचारिक भ्रमणमा चीन जाँदै हुनुहुन्छ ।