प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वोले दिउँसो ४ बजे करिब ३५ अर्ब रुपियाँ बराबरको बजेट प्रदेश संसदमा प्रस्तुत गर्दै छन् । प्रदेश मन्त्री आङ्बोले ३० देखि ३५ अर्ब रुपियाँबीचमा बजेट आउने बताएका छन् ।
१ नम्बर प्रदेश सरकारका अनुसार बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधार लगायतका विकासलाई प्राथमिकतामा राखिएको छ । यो प्रदेशमा सङ्घीय सरकारले दिने भनेको २० अर्ब रुपियाँमा आन्तरिक स्रोत जुटाएर बजेट ल्याउने तयारी भएको बताइएको छ ।