विश्व फुटबल महाकुम्भ आजबाट रुसमा सुरु हुँदैछ ।। विश्वकप फुटबलको २१औं प्रतियोगितामा ३२ देश सहभागी छन् ।
विश्वकपको पहिलो म्याच आयोजक रुस र साउदी अरबबीच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ ।
रसियाको लुझनिकी स्टेडियममा रसिया र साउदी अरेबियाबीच विश्वकप २०१८ को उद्घाटन खेल हुनेछ । खेलका लागि अर्जेन्टिनाका नेस्टर पिटानाले रेफ्रीको रुपमा खेल सञ्चालन गर्ने छन् ।
खेलमा जुआन पयाब्लो बेल्लाटी र हेर्नान माइडाना सहायक रेफ्र्री हुनेछन् । यस्तै ब्राजिलका सान्द्रो रिक्की चौथो अफिसियलको जिम्मेवारी दिइएको छ ।
३२ देशलाई आठ समूहमा बिभाजन गरिएको छ । एउटा समूहमा चार–चार राष्ट्र छन् । हरेक समूहबाट दुई राष्ट्र नकआउट चरणमा पुग्नेछन् ।
विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन् ।
यस्तै उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा तथा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दैछन् ।
एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन् । विश्वकप रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलाइनेछ ।
समूह चरण खेल नेपाली समयानुसार
जेष्ठ ३१
रूस – साउदी अरब : बेलुका ८ः४५ – लुज्निकी रंगशाला मस्को
असार १
इजिप्ट –उरूग्वे : साँझ ५ः४५ – इकाटेरिनबर्ग एरिना, मोरक्को – इरान : बेलुका ८ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला, पोर्चुगल – स्पेन : राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची
असार २
फ्रान्स – अष्ट्रेलीया : दिउँसो ३ः४५ – कजान एरिना, अर्जेन्टिना – आइसल्याण्ड : साँझ ६ः४५ – स्पार्टक रंगशाला मस्को, पेरू – डेनमार्क : बेलुका ९ः४५ – मोर्डोभिया एरिना सारांस्क
असार ३
क्रोएसिया – नाइजेरीया : दिउँसो १२ः४५ – कालिनिन्गराड रंगशाला, कोष्टारिका – सर्बिया : साँझ ५ः४५ – समारा एरिना, जर्मनी – मेक्सिको : बेलुका ८ः४५ – लुज्निकी रंगशालामा मस्को, ब्राजिल – स्विजरल्याण्ड : राती ११ः४५ – रोस्टोभ एरिना सामरा
असार ४
स्विडेन – दक्षिण कोरिया : साँझ ५ः४५ – निज्नी नोभगोरोड रंगशाला, बेल्जियम – पानामा : बेलुका ८ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची, ट्युिनसिया – इङ्ल्याण्ड : राती ११ः४५ – भोल्गोग्राड एरिना
असार ५
कोलम्बिया – जापान : साँझ ५ः४५ – मोर्डोभिया एरिना सारांस्क, पोल्याण्ड – सेनेगल : बेलुका ८ः४५ – स्पार्टक रंगशाला मस्को, रूस – इजिप्ट : राती ११ः४५ – कजान एरिना
असार ६
पोर्चुगल – मोरक्को : साँझ ५ः४५ – लुज्निकी रंगशालामा मस्को, उरूग्वे – साउदी अरब : बेलुका ८ः४५ – रोस्टोभ एरिना सामरा, इरान – स्पेन : राती ११ः४५ – कजान एरिना
असार ७
डेनमार्क – अष्ट्रेलीया : साँझ ५ः४५ – समारा एरिना, फ्रान्स – पेरू : बेलुका ८ः४५ – इकाटेरिनबर्ग एरिना, अर्जेन्टिना – क्रोएसिया : राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला
असार ८
ब्राजिल – कोष्टारिका : साँझ ५ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला, नाइजेरीया – आइसल्याण्ड : बेलुका ८ः४५ – भोल्गोग्राड एरिना, सर्बिया – स्विजरल्याण्ड : राती ११ः४५ – कालिनिन्गराड रंगशाला
असार ९
बेल्जियम – ट्युिनसिया : साँझ ५ः४५ – स्पार्टक रंगशाला मस्को, दक्षिण कोरिया – मेक्सिको : बेलुका ८ः४५ – रोस्टोभ एरिना सामरा, जर्मनी – स्विडेन : राती ११ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची
असार १०
इङ्ल्याण्ड – पानामा : साँझ ५ः४५ – निज्नी नोभगोरोड रंगशाला, जापान – सेनेगल : बेलुका ८ः४५ – इकाटेरिनबर्ग एरिना, पोल्याण्ड – कोलम्बिया : राती ११ः४५ – कजान एरिना
असार ११
साउदी अरब – इजिष्ट : बेलुका ७ः४५ – भोल्गोग्राड एरिना, उरूग्वे – रसिया : बेलुका ७ः४५ – समारा एरिना, इरान – पोर्चुगल : राती ११ः४५ – मोर्डोभिया एरिना सारांस्क
स्पेन – मोरक्को : राती ११ः४५ – कालिनिन्गराड रंगशाला
असार १२
अष्टे«लिया – पेरू : बेलुका ७ः४५ – फिस्ट ओलम्पिक रंगशाला सोची, डेनमार्क – फ्रान्स : बेलुका ७ः४५ – लुज्निकी रंगशालामा मस्को,नाइजेरीया – अर्जेन्टिना : राती ११ः४५ – सेन्ट पिटर्सबर्ग रंगशाला, आइसल्याण्ड – क्रोएसिया : राती ११ः४५ – रोस्टोभ एरिना सामरा
असार १३
दक्षिण कोरिया – जर्मनी : बेलुका ७ः४५ – कजान एरिना, मेक्सिको – स्विडेन : बेलुका ७ः४५ – इकाटेरिनबर्ग एरिना, स्विजरल्याण्ड – कोष्टारिका : राती ११ः४५ – निज्नी नोभगोरोड रंगशाला, सर्बिया – ब्राजिल : राती ११ः४५ – स्पार्टक रंगशाला मस्को
असार १४
सेनेगल – कोलम्बिया : बेलुका ७ः४५ – समारा एरिना, जापान – पोल्याण्ड : बेलुका ७ः४५ – भोल्गोग्राड एरिना, इङ्ल्याण्ड – बेल्जियम : राती ११ः४५ – कालिनिन्गराड रंगशाला
पानामा – ट्युिनसिया : राती ११ः४५ – मोर्डोभिया एरिना सारांस्क