काठमाडौँ, सांसद विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट समृद्ध नेपाल, सुखी नेपाली र समाजवाद प्रमुख आधार उन्मुख भएको बताउनुभएको छ ।
संसद् बैठकमा उहाँले यथार्थमा आधारित भएर बजेट आएको भन्दै बजेटले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आगामी आवमा बजेट आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ठीक स्थानमा राख्ने लक्ष्य लिएको भन्दै उहाँले बजेटले समृद्धिको बाटो पहिल्याउने बताउनुभयो ।
पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले कर प्रणालीको सुधार र रोजगारी वृद्धिलगायतका कार्यक्रम समेटेको भन्दै पूर्वाधारको विकासमा पनि बजेटले विशेष जोड दिएको स्पष्ट पार्नुभयो ।