प्रधानमन्त्री तथा मन्त्रीहरुलाई आफ्ना कृति विमोचन, कविता वाचन, सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी, पुस्तकालय उद्घाटन आदिमा बोलाएर दिनभर नभुलाई काम गर्नका लागि निरन्तर दबाब दिन स्रष्टाहरुलाई आग्रह गरिएको छ ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, संस्कार, अनुशासन, पारिवारिक र राष्ट्रिय दायित्यबोध, माटोको ममता, जननी र जन्मभूमिप्रतिको कर्तव्यबोध, श्रमप्रति विश्वास, कामको सम्मान आदि विष्यामा चेतना सम्प्रेषण गर्न कलाकार, साहित्यकार एवं संस्कृतिकर्मीलाई आह्वान गरेको हो ।
प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ विषयमा अवधारणापत्र तयारी गरी एउटा सचेत स्रष्टा जीवनको यथार्थप्रति आँखा चिम्लिएर स्वप्निल संसारमा रमाउन सक्दैन भन्दै स्रष्टाले समतामूलक समाज निर्माण, मानवताको रक्षा र देशको विकास र समृद्धिका लागि आफ्नो चेतनालाई प्रयोग गर्नुपर्नेमा जोड दिएको छ ।
अवधारणापत्र प्रतिष्ठानका उपाध्यक्ष प्रा डा कृष्णप्रसाद घिमिरे, महासचिव डा देवी नेपाल र सचिव डा विन्दु शर्माले तयार गरेका हुन् ।
कला, साहित्य वा संस्कृतिकर्मीको अबको काम जनमुखी एवं लोककल्याणकारी सामग्रीको उत्पादन, निर्माण र विकास केन्द्रित हुनुपर्छ भन्दै अवधारणापत्रमा स्रष्टाहरुले काम गर्नेलाई काम गर्न दिनपर्ने जनाइएको छ
‘स्रष्टाहरु हरेक कुरामा प्रतिपक्षी नै भइरह“दैनन् । सरकारले गरेका केही राम्रा कामको मुक्त खण्डले प्रशंसा गरेर सत्कार्य गर्नका लागि सरकारलाई उत्प्रेरित गर्नु र गलत कामको खबरदारी गर्नु स्रष्टाको काम हो’, अवधारणापत्रमा भनिएको छ, ‘अबका स्रष्टाहरुले सरकारको समृद्धिको अभियानमा सहयोग पुग्ने गरी आलोचनात्मक समर्थन र विरोधका आधारमा समृद्धिको गन्तव्यका लागि दिशानिर्देश गर्नुपर्ने आवश्यकता छ ।’
आजका स्रष्टाहरुको दायित्व भौगोलिक वा प्राकृतिक, सांस्कृतिक र मानवीय सम्पदाको महत्वबोध गराउनु र त्यसका लागि आफ्ना कला र सिर्जनाका माध्यमबाट सामाजिक चेतना र जागरणको काम गर्नुपर्नेमा जोड दिँदै स्रष्टाको काम सरकारलाई सचेतनापूर्वक खबरदारी गर्दै र राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्न दबाब दिँदै विकास र समृद्धिका लागि उपयुक्त दिशानिर्देश गर्नु रहेको जनाइएको छ ।
देशलाई चौतर्फी रुपमा समृद्ध बनाउन बालबालिकालाई शिक्षा, स्वास्थ्य र अधिकारप्रति सचेत गराउने खालका बालसाहित्य, सम्पूर्ण नेपालीमा आफ्नो माटो र मुटु एउटै हो भन्ने भाव जागृत गराउने कविता, युवालाई विदेशमा होइन, स्वदेशमा पसिना बगाउने प्रेरणा दिने खालका गीत, अशक्त, असहाय र ज्येष्ठ नागरिकप्रति सम्मानभाव जगाउने गजल र मुक्तक सिर्जना गर्न पनि आग्रह गरिएको छ ।
साथै, अन्धविश्वास, बोक्सी–, दाइजो र छाउपडीका नाममा हुने गरेका नारीशोषण र विभेदको अन्त्य गरी वैज्ञानिक र मानवतावादी समाज निर्माणमा सहयोग पुग्ने खालका खण्डकाव्य र महाकाव्य, भूकम्प र बाढीपहिराले ध्वस्त बनाएका संरचनाको पुनःनिर्माण र पीडितको उद्धारका लागि मार्गनिर्देश गर्ने खालका कथा र उपन्यास लेख्न र देशमा व्याप्त सबैखाले भ्रष्टाचार–ढिलासुस्ती– कालाबजारी– एकाधिकार र असमान व्यवहारको सिश र भएका जनतालाई जागृत गराउन स्रष्टालाई सुझाव दिइएको छ ।