प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै हुनुहुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सांसदहरुले नीति तथा कार्यक्रममाथि वहस गरिसकेका छन् । त्यसक्रममा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले आज दिने कार्यक्रम छ ।
बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक शुरु हुँदैछ । त्यस्तै दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्नेछ ।
ती दुई बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो।