दीपक पाठक
केपी शर्मा ओली प्रधानमन्त्री भएको आज १०० दिन पुगेको छ । तत्कालिन माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका ओली अहिले तत्कालिन एमाले र माओबादीको पार्टी एकिकरण भएपछि नेकपाका अध्यक्ष छन् साथै इतिहासकै सबैैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रुपमा आफूलाई उभ्याउन सफल भएकाछन् ।
अधिल्लो पटक प्रधानमन्त्री भएको बेला आफुले प्रस्तुत गरेका विकासका खाकालाई यसपटक कार्यान्वयनमा लैजान सबै निकायलई निर्देशन दिइसकेका ओलीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अगाडि बढाएका छन् । जसलाई केन्द्रविन्दुमा राखेर आगामी ७५÷७६ को बजेटमा विकास र समृद्धीको खाका कोरिने र सोही अनुरुप मुलुक अगाडि बढ्नेमा ओली ढुक्क छन्् ।
संविधान कार्यान्वयनसंगै मुलुकमा देखिएका विकृती विसंगती पन्छाउदै चरम भ्रष्टाचारको जालोमा डुबेको कर्मचारीतन्त्रको अन्त्यको प्रयास गर्दै अगाडि बढेका ओलीको आगामी बजेटपछि कामको रफ्तार बढ्ने अपेक्षा गरिएकोछ । सरकारको लागि १०० दिन धेरै ठुलो समय होईन तर पनि सरकारले गरेको काम कारवाहीलाई उपलब्धी मुलक नै मान्नुपर्छ ।
सरकारका १०० दिनका उपलब्धीहरु
यातायातमा भएको सिन्डीकेटको अन्त्य ।
अनावश्यक विदेश भ्रमणमा रोक ।
भारतसँगको सम्बन्धमा व्यापक सुधार ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमण एक कोसेढुंङ्गा ।
सरकारको नीति तथा कार्यक्रम समृद्ध मुलुकको खाका कोर्न सफल ।
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश संचालनमा बजेटको व्यवस्था ।
सुन तस्करीको जालो भत्काउन सफल ।
सबै खालका सिन्डीकेट अन्त्यको थालनी ।
ठगी गर्ने मेनपावर कम्पनीलाई कारर्बाहीको दायरामा ।
अरुण तेस्रोको सिलान्यास ।
सार्वजनिक खर्चमा मितव्ययीता ।
बिराटनगरबाट भारतीय कार्यालय हटाउन सफल ।
सबै बालबालिकालाई स्कुल भर्ना अभियानको थालनी ।
बैशाख १ गते कर्णाली प्रदेशबाट विकासको थालनी