नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । यससँगै पूर्वकेन्द्रीय कार्यालयहरुलाई नयाँ संरचनाअनुसार परिवर्तन गर्न थालिएको छ ।
पार्टी एकता भएको भोलिपल्ट शुक्रबार ‘नेपाल कम्युनिष्ट पार्टी’ लेखिएको बोर्ड झुण्डाएको छ ।
नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दुई पार्टीको पूर्वकेन्द्रीय कार्यालय पुग्दैछन् । अब यी कार्यालयहरु नयाँ पार्टी नेकपाको केन्द्रीय कार्यालय बन्नेछन् ।
दुई शीर्ष नेताहरु पुग्नअघि पेरिसाडाँडा र धुम्बाराईस्थित एमालेको पूर्वमुख्यालयमा भएका बोर्डहरु हटाएर नयाँ बोर्ड राखिएको छ ।