प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताएका छन् । गणतन्त्र दिवश मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले शुक्रबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवशको खुशीयालीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत निम्तो दिनुपर्ने बताएका छन् । सरकारले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवश मनाउने तयारी गरेको छ ।
गणतन्त्रलाई सरकारी दिवशजस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनुपर्ने सोत प्रधानमन्त्री ओलीले बताए । ‘गणतन्त्र सरकारी दिवश होइन जनदिवश हो’ प्रधानमन्त्री ओलीले भने ‘यो दिवश गाउँपालिकासम्म नै मनाउनु व्यवस्था गर्नुपर्दछ ।’
लामो संघर्षबाट गणतन्त्र ल्याएको भन्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए । दैनिक कामकाजलाई बाधा नहोस् भनेर यो बर्ष गणतन्त्र दिवशको सार्वजनिक विदामा कटौती गरिएको पनि प्रधानमन्त्री ओलीले बताए ।
‘विदा बसेरमात्र गणतन्त्र मनाइने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यलय समय बाहिरको समयमा दिवश मनाऊँ । कार्यलय समयमा काम गरौं ।’
गणतन्त्र दिवशका दिन ब्यापक रुपमा परिसंवाद कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनु दिएका छन् ।
‘गणतन्त्रका बिषयमा कोही कसैलाई भ्रम हुनसक्छ’ प्रधानमन्त्रीले भने, ‘त्यस्ता भ्रम हटाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग परिसंवाद कार्यक्रम गर्नु उपयुक्त हुन्छ ।’