प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको पुर्व सन्ध्यामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बृक्षरोपण गर्नु भएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एक/एक वटा ऐतिहासिक जापानी विरुवा जीनको भाइलो रोप्नु भएको हो । जीनको भाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ ।