पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी, अध्यक्ष प्रचण्डको दैनिक कार्यव्यस्तता जस्ता विषयहरुका कारण प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच संवाद हुन सकेको थिएन । अहिले पनि जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक वर्ष २०७५÷७६ को वजेट ल्याउने चटारो भएकोले एकताको घोषणाको मिति जेठ १५ पछि हुनसक्ने ठानिएको छ ।
पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ ।