प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै मित्रराष्ट्र चीनको भ्रमणमा जाने बताउनुभएको छ
प्रधानमन्त्री मोदीको नेपाल भ्रमणवारे संसदलाई आइतवार जानकारी गराउँदै उहाँले सबैभित्र राष्ट्र र अन्तराष्ट्रिय समुदायसँग राम्रो सम्वन्ध कायम गर्ने नीति अनुरुप चीन जाने बताउनुभएको हो ।
उहाँले मोदीको भ्रमण नेपाल–भारतको पारस्परिक हितमा केन्द्रित भएको भन्दै नेपालको शिर निहुरिने कुनै काम आफूले नगरेको र नगर्ने बताउनुभयो । ‘यो भ्रमण नेपाल–भारतको दुई देशको स्वभिमानको पक्षमा भयो । अव छिट्टै चीन भ्रमणमा जाँदैछु ।