भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
शुक्रबार बिहान साढे १० बजे जनकपुर आएर नेपाल भ्रमण सुरु गरेका मोदीले विभिन्न धार्मिक स्थानमा पूजापाठ गर्नुका साथै महत्वपूर्ण राजनीतिक भेटघाट गरी शनिवार अपराह्न पाँच बजे स्वदेश फर्किएका हुन् ।
शुक्रबार जनकपुर स्थित जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूजा गरेका उनी सोही दिन काठमाडौं आएका थिए ।
काठमाडौंको द्धारिका होटलमा दुई देशका प्रधानमन्त्री बीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयूक्त रुपमा अरुण तेश्रो जलबिदुत आयोजनाको शिल्यान्यास समेत गरेका थिए ।
नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न धार्मिक स्थलमा गएर पूजापाठ समेत गरेका थिए ।