काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मभूमि लुम्बिनी पुग्ने इच्छा देखाएका छन् । उनले दुई पटकको नेपाल यात्राका क्रममा पवित्र धार्मिकस्थल पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथको दर्शन गरेको भन्दै अर्को पटक समय मिलाएर बुद्धको जन्मभूमि लुम्बिनी जाने बताएका हुन् ।
काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दनपछि सम्बोधन गर्दै मोदीले भने दुई पटकको यात्रामा पशुपतिनाथको यात्रा गर्न पाएँ। यो पटक मुक्तिनाथजनकपुर जाने अवसर पनि पाईयो । यो महत्वपपूर्ण तीर्थ स्थलमात्र होइन । भारत र नेपालको अटुट सम्बन्धको उदाहरण हो । म अर्को पटक बुद्धको जन्मभूमि लुम्बिनी जाने पक्कै प्रयास गर्नुे छु । बुद्ध हामी दुबै देशको मानवजातिको धरोहर हो ।
भारतले बुद्धबारे गलत प्रचार गरिरहेको बेला मोदीले बुद्ध नेपालमै जन्मिएको बताएका हुन् ।