नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतालाई सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा अगाडि बढाउने सहमति भएको भएको छ ।
विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर लेनिनको १४८ औँं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९औँ स्थापना दिवस (२२ अप्रिल) का अवसरमा पार्टी एकता संयोजन समितिले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुवै पार्टीका अध्यक्षले सहमति भएको बताए ।
पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने भन्दै उनीहरुले आमजनता, पार्टी कार्यकर्ता र नेताहरुको भावनालाई सम्बोधन गर्दै निकट भविष्यमा पार्टी एकता घोषणा गर्ने दाबी गरेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘असम्मानजनक, विभेद र अन्यायको अवस्थामा एकता हुँदैन, सम्मानजनक आधारमा मात्र एकता हुन्छ ।’ पार्टी एकताका विषयमा सन्देह नगर्न आग्रह गर्दै उनले भने, ‘एकता हुन रोक्नुपर्ने कुरा छैन, एकता रोक्नुपर्ने कारण र तर्क केही पनि छैन, एकता निकट भविष्यमा हुन्छ ।’
![g]kfn sDo'lgi6 kf6L{sf] ^( cf}+ :yfkgf lbj;df ;xefuLx? g]kfn sDo'lgi6 kf6L{sf] ^( cf}+ :yfkgf lbj;sf] cj;/df cfOtaf/ sf7df8f}Fdf kf6L{ Pstf ;+of]hg ;ldltn] cfof]hgf u/]sf] sfo{qmddf ;xefuL x'g'x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL, g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú nufot g]tfx? . t:jL/ M gjLg kf}8]n, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2018/04/oo.jpg)
विगतमा भएका गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष ओलीले भने, ‘एकताबाट पछाडि फर्कने होइन, अब गल्ती गर्दैनौँ, नयाँ ढंगले अगाडि बढ्नेछौँ ।’
शान्तिपूर्ण ढंगले प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिबाट संघीय लोकतान्त्रिक प्रणालीमा अगाडि बढ्ने विषयमा आफूहरु स्पष्ट रहेको उनले बताए । सामाजिक न्याय, समानतामा आधारित समाज निर्माणमा दुवै पार्टी एकता प्रक्रियामा अगाडि बढेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरु नीतिगतरुपमा नै सहमत भएको स्पष्ट पारे । राजनीतिक अधिकार प्राप्त भइसकेको उल्लेख गर्दै उनले समृद्धिको मुद्दामा एकताबद्ध भएर अगाडि बढ्ने धारणा राखे ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक, समानतामा आधारित र न्यायोचित परिस्थितिमा पार्टी एकता गर्ने अध्यक्ष ओली र आफूबीच सहमति भएको बताए । एकताको ढाँचा तयार गरेर अगाडि बढेको जानकारी दिँदै उनले भने, ‘पार्टी एकता महत्वपूर्ण विषय हो, त्यसैले सबैको ध्यान त्यसतर्फ छ, यस विषयमा एकअर्काले सम्मान गर्नैपर्छ ।’
एकअर्का पार्टीका नेताले संवेदनशीलतालाई बुझ्नुपर्ने बताउँदै अध्यक्ष दाहालले भने, ‘एकअर्का पार्टीका नेताले एक अर्काको संवदेनशीलतालाई बुझिदिनुपर्छ, त्यसो भए सबै विषय ठिकसँग अगाडि बढ्छ ।’
सामूहिक बलबाट नयाँ संकल्पका साथ एकतालाई निष्कर्षमा पु¥याएर राष्ट्रिय एकताको भावमा अगाडि बढिने बताउँदै उनले जनता, कार्यकर्ता र विश्वजनमतको घेरामा रहेको एकता प्रक्रियालाई निष्कर्षमा पु¥याइने बताए । अध्यक्ष दाहालले कम्युनिष्ट भित्रको फुटबाट विरोधीले लाभ लिने गरेको भन्दै अबका दिनमा त्यस्तो हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
देशमा विकास र समृद्धि आवश्यक भए पनि विगतमा राजनीतिक अस्थिरताका कारण त्यसतर्फ मुलुक अगाडि बढ्न नसकेको भन्दै अध्यक्ष दाहालले प्रकृतिले दिएको बरदानलाई सदुपयोग गरेर अगाडि बढ्ने विश्वास दिलाए ।
राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको प्रक्रियालाई निरन्तरता दिन आगामी दिनमा बलियो कम्युनिष्ट पार्टी बनाएर अगाडि बढाइने अध्यक्ष दाहालको भनाइ थियो ।

























