एनआइसी एसिया बैंक र आई एफसीबीच दीर्घाकालीन कर्जा दिने सम्बन्धमा कर्जा सम्झौता पत्र आदान प्रदान भएको छ । आज एक समारोहबीच ती दुई संस्थाबीच सम्झौता पत्र आदानप्रदान भएको हो । बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आइएफसीका तर्फबाट रोहन रशिद सम्झौता आदान प्रदान समारोहमा सहभागी रहेका थिए ।
मुलुकमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र प्रयाप्त श्रोत परिचालन गरी सरकारले सरकारले निर्दिष्ट गरेको आर्थिक बृद्धि हासिल गर्न चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय बैंक तथा वित्तिय संस्थाबाट दीर्घकालीन कर्जा लिने विषयलाई मध्यनजर गर्दै सो सम्झौता भएको जनाइएको छ।
बैंकले दीर्घकालीन कर्जा प्रस्ताव नियमकारी निकायबाट स्वीकृत भई कर्जा सापटी लिई मुलुकमा परिचालन गर्न सकेको खण्डमा बाह्य क्षेत्रबाट समेत श्रोत संकलन गर्ने र परिचालन गर्ने प्रयासमा कोशेढुंगा सावित हुने विश्वास लिएको छ ।
एनआइसी एसिया बैंकका हाल १ सय ९२ शाखा। १ सय ९५ एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर र ४ वटा शाखारहित बैंकिङ मार्फत सेवा दिइरहेको छ ।