प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्षको पहिलो दिन भोलि मुगुको राराबाट देशबासीलाई सम्बोधन गर्दै हुनुहुन्छ । नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने निर्णय अनुसार आजै प्रधानमन्त्री त्यसतर्फ लाग्नुभएको छ । श्रोतका अनुसार, प्रधानमन्त्रीले शनिबार वैशाख १ गते त्यहाँबाट देशबासीलाई बिशेष सम्बोधन गर्नुहुनेछ ।
नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको रारा पर्यटन वर्षको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आज दिउँसो बागलुङको ढोरपाटन र डोल्पाको दुनै अवलोकन गर्ने र रारामा बस्ने कार्यक्रम छ ।
शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष–२०७५ उदघाटन गरेपछि सुर्खेत आएर बस्ने कार्यक्रम छ । प्रधानमन्त्रीले मुगुबाट विद्यालय भर्ना अभियानको सुरुआत पनि गर्ने कार्यक्रम पनि रहेको छ ।