भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्याम्पसका कुलपतिले मानार्थ विद्यावारिधी डक्टर अफ साइन्सको उपाधि प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवम् प्रौद्योगिक विश्वविद्यालयबाट आयोजित मानार्थ पीएचडीको उपाधि ग्रहण गर्नुभएको छ ।