प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनु हुनेछ । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली अाइतबार स्वदेश फर्कंदै हुनुहुन्छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री साँझ ७ बजे स्वदेश फर्कने जनाएको छ ।
प्रधानमन्त्री ओली नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कनु हुनेछ । आज उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुुने कार्यक्रम छ । त्यहाँ ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गरिनेछ ।
प्रधानमन्त्री ओलीसँग आज विहान भारतका केही सांसद र नेताले भेटवार्ता गरेका छन् । उहाँ शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा राजकीय भ्रमणमा नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।