नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र उनका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास लोककल्याण मार्गमा शुक्रबार साँझ भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो ।
नेपालको विकास र आर्थिक समृद्धिका विषयमा आफूहरूबीच महत्वपूर्ण छलफल भएको हो, प्रधानमन्त्री ओलीले भने, ‘नेपालको समृद्धिलाई कसरी अगाडि बढाउने र कसरी सर्वोपरि हित हुन सक्छ भन्ने बारेमा छलफल भयो ।’
उनले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध थप विस्तार भएको र आफूहरूबीच कुनै पनि असमानता र अविश्वास नरहेकोसमेत बताए ।
![k|d cf]nLnfO{ ef/tdf :jfut Eff/tsf] /fhsLo e|d0fdf /xg' ePsf k|wfgdGqL s]kL zdf{ cf]nLnfO{ OlGb/f ufGwL cGt/f{li6«o ljdfg:ydf :jfut ub{}} ef/tsf u[xdGqL /fhgfy l;+x . tl:a/ = /d]z nD;fn, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2018/04/oli-2.jpg)
Eff/tsf] /fhsLo e|d0fdf /xg’ ePsf k|wfgdGqL s]kL zdf{ cf]nLnfO{ OlGb/f ufGwL cGt/f{li6«o ljdfg:ydf :jfut ub{}} ef/tsf u[xdGqL /fhgfy l;+x . tl:a/ = /d]z nD;fn, /f;;
प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै आगामी दिनमा सम्बन्ध थप उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरे ।
यसैबीच नेपाली दूतावासले आज यहाँ आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री ओलीले दिल्लीस्थित नेपालसमेत हेर्ने कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल तथा भेटवार्ता गरे ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले पनि शिष्टाचार भेटवार्ता गरेको छ ।
त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भेटमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत भारतीय राष्ट्रिय काँग्रेसका अन्य शीर्ष नेताको सहभागिता हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी थिए । (रासस)

























