इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मत परिणामअनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत प्राप्त गरेको इजिप्टको राज्य सञ्चालित सञ्चारमाध्यम मेना न्यूज एजेन्सीले जनाएको छ ।
राष्ट्रपतिका लागि सोमबार शुरु भएको निर्वाचन तीन दिनका दिन बुधबार सम्पन्न भएको थियो ।
निर्वाचनका लागि दर्ता भएका ६ करोड मतदातामध्ये दुई करोड ३० लाख मतदाताले मतदानमा भाग लिएका भन्ने समाचार राज्य सञ्चालित अल अहराम साथै अकहबार एल योउम पत्रिकाले जनाएका छन् ।
राष्ट्रपतिको प्रतिस्पर्धीका रूपमा माउसा मुस्तफा माउसा एकमात्र प्रतिस्पर्धी थिए । तर, उनले अलसिसीको तुलनामा निकै कम मत ल्याएको सञ्चारमाध्यमले जनाएका छन् । (एएफपी)
























