बलिउडकी सुन्दर अभिनेत्री उर्वशी रौटेलाले मुम्बईको बान्द्रास्थित पुलिस स्टेशनमा उजुरी दिएकी छन् । उर्वशीका अनुसार कसैले उनको नाममा फेक आइडी कार्ड बनाएर मुम्बईको एक होटलमा रूम बुकिङ गरिएको थियो ।
यसबारे जब उर्वशीले थाहा पाइन्, तब उनले प्रहरीमा जानकारी गराइन् । एक भारतीय अनलाइनले जनाएअनुसार उनी एक इभेन्टका लागि उक्त होटमा गएकी थिइन् । जब त्यहाँ उवर्शीलाई होटल स्टाफले देखेपछि भने, ‘तपाइँको नाममा अनलाइनमार्फत कोठा बुकिङ गरिएको छ ।’
अभिनेत्री उवर्शीका अनुसार कोही गलत मानसिकता भएका व्यक्तिले आफ्नो नामसँगै फोटो राखेर फेक आईडी बनाएर दुरुपयोग गरेको छ । उवर्शीले भनिन्, ‘हो, मेरे नाममा होटलमा रूम बुक गरिएको रहेछ । तर, यो मेरो होइन ।’
यस मामिलामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उवर्शीको पछिल्लो समय फिल्म ‘हेट स्टोरी–४’ रिलिज भएको थियो । उक्त फिल्मलाई दर्शकले माध्यम रुपमा रुचाएका थिए ।