प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश पेश गर्ने तयारी छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवं सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेशआज पेश हुन लागेका हुन् ।
संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले यी तीन अध्यादेश आजको संसद बैठकमा पेश हुने र छलफल हुनसक्ने बताए । अध्यादेश ६० दिनभित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।