पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए ।
रिपोर्टर्स क्लबमा आइतबार आयोजित कार्यक्रमा उनले भने, ‘खुशीको कुरा छ । नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी कार्य अगाडि बढाउनमा देखिएका समस्या समाधान गरिसकेको छ ।’ उनको भनाइअनुसार अब एक वर्षभित्रै विमानस्थल सञ्चालनमा आउनेछ ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधि जोडेर चौविसै घण्टा सञ्चालन गर्ने गरी काम अघि बढिसकेको उनले जानकारी दिए । मन्त्रालयले आगामी पाँच दिनभित्र दीर्घकालीन र अल्पकालीन दृष्टिकोण तयार गरी १०० दिने कार्ययोजना ल्याउने तयारी गरिरहेको तथा आगामी पाँच वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको मन्त्री अधिकारीले बताए ।